फाल्गुन १२ देवदह। सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेर भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासी ब्यवस्थापन गर्ने कार्य अन्तर्गत हाल भूमिहिन दलित भूमिहिन दलित अव्यवस्थित वसोवासी ब्यवस्थापनको तथ्यांक संकलन गर्ने कार्य भैरहेको छ।
देवदह नगरपालिका सहित देशभरका सय वटा स्थानीय तहमा ३५ दिने सुचना सार्बजनिक गरेर भूमिहिन दलित भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको लागत संकलन कार्य भैरहेको छ।देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले लागत संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।माघ ९ गते ३५ दिने सार्बजनिक सूचना जारि गरेर संकलन कार्य अघि गरेको बताउदै नगर प्रमुख खत्रीले तथ्यांक संकलनको कम सकिन लागेको जानकारी गराउनु भएको हो।
भूमी सम्बन्धि समस्या समाधान आयोग, लगत संकलन इकाई देवदहका प्रमुख सुरज बश्यालले करिब १४ हजार घर धुरी अनुमान गरिएको मध्ये १२ हजार ५ सय जनाको तथ्यांक संकलन गरि सकिएको बताउनु भयो।
संकलन गरिएका कागजातहरु वडा स्तरिय सहजीकरण समितिले छनोट गरि ७ दिने सार्बजनिक गरिने र सुधारिएर आएका कागजातहरु सम्बन्धित वडाले नगरपालिकामा बुझाउनुपर्ने र नगरपालिकाको कार्यपालिका बैठकले पून;१५ दिनको माग दावी सम्बन्धि सूचना जारि गरे पछि वास्तविक भूमिहीन र वास्तविक सुकुम्वासीको पहिचान गरि जिल्ला समितिमा पठाउने लगत संकलन इकाई देवदहका प्रमुख बश्यालले जानकारी दिनुभयो।
देवदह नगरपालिकाका नगर प्रबक्त्ता झिल्लु प्रसाद न्यौपानेले १ र २ वडामा आज देखि लगत संकलन सुरु भएको बताउदै देवदह नगरपालिका सबै वडामा गरेर लगभग ९० प्रतिशत काम सकिएको बताउनुभयो।
भूमी सम्बन्धि समस्या समाधान आयोग को फर्म भर्न आवश्यक कागजातहरु
भूमिहिन दलित ÷ भूमिहिन सुकुम्बासी १. परिवार म’लिको पति र पत्नी को नेपाली नागरिकताको २÷२ प्रति फोटोकपि र पासवर्ड साईजको २÷२ प्रति फोटो । २. घरमुलीको बाबु, आमा र नागरिता प्राप्त सदस्यको नागरिकताको नेपाली नागरिताको २÷२ प्रति फोटोकपि । ३.जग्गा उपभोगको प्रमाण, विद्युत वा पानीको महसुल तिरेकोरसिद÷स्थानिय तहले दिएको
सिफारिस÷घरसारकोकागज÷भोकचलन गर्न दिएको कागज÷घर नक्साको पासको प्रतिलिपी र विगतका आयोगले दिएको निस्सा (सम्भवभएसम्म यि मध्येको १÷१ प्रति फोटोकपि तर परिवारमुली आफु वा आफ्नो परिवारको सदस्यको नामको भोकचलनमानेपाल अधिराज्यभर कहि कतै जग्गा दर्ता नरहेको हकमा यिकाजगपत्रको आवश्यक नपर्ने ।
४. तथ्याङ्क संकलकहरु आउदा माथी उल्लेखित सबैकागजातको संकल पमाणपत्र र तोकिएको सङ्ख्याकोफोटोकपि प्रति स“गै तयारी अवस्थामा राख्ने ।
५. उपलब्ध अन्य प्रमाणपत्र । अव्यवस्थित बसोबासी १. परिवारमूली पति र पत्नीको २÷२÷ प्रति र नागरिकता प्राप्त परिवारका सबै सदस्यहरुको नागरिता प्रमाणपत्रको प्रतिलिपी र परिवारमूली र निजको पति पत्नीको हालचालै खिचेको पासवर्ड साईज फोटो २÷२ प्रति । (अनिवार्य) २.परवारमूलीको बाबु र आमाको नेपाली नागरिताको २÷२ प्रतिको फोटोकपि । ३.जग्गाधनी पुर्जा भएको तर प्राकृतिक प्रकोपको कारणले आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेको सबै जग्गा प्रयोगमा आउने सम्भावना नभई त्यस्तो जग्गाको हकभोग नेपाल सरकारको नाममा कायम गरेका भूमिहिनका हकमा सो विषयको मालपोत कार्यालयको लगत कट्टा समितीको निर्णय र मालपोत कार्यलयको पत्र पेश गर्ने ।
४. उपभोगको प्रमाण सम्बन्धी कागजातको प्रतिलिपि । जस्तैः घरसारको प्रतिलिपी, बसा“ई–सराईको प्रतिलिपी, मतदाता परिचयपत्र, विद्युत पानीको महशुल बुझाएको प्रमाण, स्थानिय तहले दिएको सिफारिस, घर नक्सा पासको प्रतिलिपी, स्थानिय तहले घरधुरी कायम गरि कर संकलन गरेको प्रमाण । ५. आफु र परिवारका सबै सदस्यहरुकोन नाममा अन्यत्र रहेको सबै जग्गाको पुर्जाको प्रतिलिपी र सम्बन्धित स्थानिय तहले सम्बन्धित स्थानिय तहको जिल्ला मालपोत कार्यलयले सम्पत्ति कर प्रयोजको लागि निर्धारण गरेको मुल्याङ्कन सम्बधि स्थानिय तहको पत्र ।
६. माग गरेको जग्गामा निवेदकले १० वर्ष अघिबाट आवद कमोत गरि आएको हो भनि प्रमाणित गरेको सम्बन्धित गा“उ वा नगरकार्यपालिकालको निर्णय बमोजिमको सिफारिस । ७. उपलब्ध अन्य प्रमाणपत्र ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij