बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेकपा नामको आधिकारिकता बारे सर्वोच्चले २० गते फैसला सुनाउने

नेकपा नामको आधिकारिकता बारे सर्वोच्चले २० गते फैसला सुनाउने

images
  • 326
    SHARES

  • images
    images
    images
    नेकपा नामको आधिकारिकता बारे सर्वोच्चले २० गते फैसला सुनाउने
    images
    images
    images

    फागुन १३ ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-माधव समूह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकतामाथि प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्च अदालतले चाँडै फैसला सुनाउने भएको छ।

    सो नामबारे परेको मुद्दाको सुनुवाई आज सकिएको हो। अब अन्तिम फैसला फागुन २० गते हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चमा मुद्धा दायर गरेका थिए।

    images
    images
    images

    कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।

    सो मुद्धामा आज न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेशी तोकिएको थियो। कट्टेलले न्याय पाउँछन् या आयोगकै निर्णयलाई अदालतले सदर गरिदिन्छ? यो रोचक पक्ष हेर्न बाँकी छ।

    सत्तारुढ पार्टीभित्र विवाद बढेर औपचारिक विभाजनको अवस्थामा पुगेका बेला सर्वोच्चले उक्त नामलाई वैधानिकता दिने कि नदिने भन्ने निर्णय सुनाउन लागेको हो।

    यदि सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेख्ने गरी निर्वाचन आयोगले गरेको निर्णय बदर गरेमा सत्ताधारी नेकपालाई फुट्न सजिलो हुने छ। त्यस्तो स्थितमा तत्कालिन ओली समूहले एमाले र प्रचण्ड माधव नेपाल समूहले माओवादी केन्द्र पुनर्जिवित गर्न सक्ने आँकलन भइरहेका छन्।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, फाल्गुण १३ २०७७०६:५२:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij