सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल तीव्र पारेका छन्।अब प्रधानमन्त्रीले राजीनामा दिने की नदिने भन्नेबारे ओली समूह अझै निष्कर्षमा पुगिसकेको छैन।प्रधानमन्त्री ओली छलफलबाटै निष्कर्षमा पुग्ने र आगामी कदम चाल्ने मुडमा देखिन्छन्। यसैबिच, प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
संसद् पुनः स्थापनापछिको छलफलका राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि ओली साँझ शीतल निवासमा पुगेको बताइएको छ।नेकपाका प्रचण्ड नेपाल समूह लगायत नेपाली काँग्रेस र जसपाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेको छ तर ओली भने अहिले राजीनामा दिने मुडमा नभएको बताइन्छ ।
प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ मात्र सांसद रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको १ सय ७२, नेपाली काँग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद रहेका छन् ।
नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहमा ९०, ओली समूह ८१, वामदेव समूह १ रहेका छन् । नयाँ सरकार गठनमा प्रचण्ड–नेपाल समूह ९० र काँग्रेसको ६१ जना हुँदा १ सय ५१ जना पुग्छ, जुन सङ्ख्या सरकार गठन गर्न पर्याप्त हो । नयाँ सरकार गठन गर्नका लागि हाल रहेका सांसदमध्ये १ सय ३५ जना सांसद पुर्याउनेले बहुमतको सरकार बनाउन सक्नेछ । त्यसै गरी ओली समूह ८१ र काँग्रेस ६१ जना मिल्दा पनि नयाँ सरकार गठन हुने सम्भावना छ । नेकपाका दुवै समूहले नयाँ सरकार गठन गर्न नेपाली काँग्रेस नै निर्णायक देखिएको छ ।रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij