बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

images
  • 558
    SHARES

  • images
    images
    images
    देवदहमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
    images
    images
    images

    देवदह ,१५ फाल्गुन। रुपन्देहिको देवदहमा लुबिनि प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। देवदहमा निर्माणाधीन सहिद दुर्गा बलु स्मृति कभर्ड हलमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको हो।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका सबै उमेर समुहका खेलाडीहरुले सहभागी हुन पाउनेछन् ।प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५५ हजार ५ सय पचपन्न ,दोस्रो हुने टिमले  ३३ हजार ३ सय ३३ रुपैयाँ , ट्रफि,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन।  प्रतियोगितामा ५० टिम भन्दा बढी आउने अपेक्षा गरिएको क्लबका अध्यक्ष लाल बहादुर गुरुङले जानकारी दिनुभयो। 

    images
    images
    images

    No description available.

    आयोजक देवदह व्याडमिन्टन क्लबले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनी प्रदेश स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो। निर्माणाधीन सहिद दुर्गा बलु स्मृति कभर्ड हलमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २१ र २२ गतेसम्म प्रतियोगिता हुने आयोजकले जानकारी गराएको हो।

    प्रतियोगितामा करिब रु ५ लाख खर्च लाग्ने अनुमान गरीएको खेल व्यवस्थापक मेघराज ढकाले बताउनुभयो । प्रतियोगिताको लागि क्लबका सदस्य ,त्यस्तै सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले सहयोग गर्ने आयोजकलेजानकारी दिएको हो। 

    पत्रकार सम्मेलन प्रतियोगिताको मिडिया संयोजक तेजु अर्यालको अध्यक्षता र खेल व्यवस्थापक मेघराज ढकालको संचालनमा सम्पन्न भएको थियो।  देवदह ब्याडमिन्टन क्लबका अध्यक्ष लाल बहादुर गुरुङ ले प्रतियोगिताको बिषयमा प्रकाश पार्नु भएको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, फाल्गुण १५ २०७७०७:०८:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij