बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहमा बौद्ध विश्वविद्यालयलाई जग्गा प्राप्त भएको खुसियालीमा दिप प्रज्वलन

देवदहमा बौद्ध विश्वविद्यालयलाई जग्गा प्राप्त भएको खुसियालीमा दिप प्रज्वलन

images
  • 474
    SHARES

  • images
    images
    images
    देवदहमा बौद्ध विश्वविद्यालयलाई जग्गा प्राप्त भएको खुसियालीमा दिप प्रज्वलन
    images
    images
    images

    देवदह १७ फागुन। बौद्द विश्व विद्यालयका रजिस्ट्रार तिलक आचार्यले देवदहमा विश्व विद्यालय निर्माणका लागि जग्गा प्राप्त भएको र अबको एक हप्ता भित्र बाट काम सुरु हुने बताउनुभएको छ। 

    बौद्द विश्व विद्यालय निर्माणका लागि मन्त्रि परिषदको बैठकले करिब १ सय बिघा जग्गा दिने निर्णय पछि देवदह नगरपालिकाले आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै  विश्व विद्यालयका रजिस्ट्रार आचार्यले ५ बर्ष ६ दिन पछि जग्गा दिने निर्णय स्वीकृत भएको बताउनु भयो।नगरपालिका संग छलफल गरि एक हप्ता भित्रै बौद्द विश्व विद्यालयका बिषयमा थप जानकरी गरिने समेत आचार्यले बताउनु भयो। 

    images
    images
    images

    May be an image of 1 person and standing

    दिप प्रज्वलन कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्री ,उप प्रमुख बिद्या लक्ष्मी गुरुङ,वडाअध्यक्षहरु ,राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको व्यापक सहभागिता रहेको थियो।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन कार्यालय स्थापना र पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ । बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा डीन कार्यालय सहितको आंगिक क्याम्पस सुरु गर्दैछ । जसका लागि समेत स्थानीय स्तरबाट जग्गा प्राप्ति भएको छ । विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्यले लामो मेहनत पछि देवदहमा जग्गा प्राप्ति भएको बताउनु भयो । विश्वविद्यालयले अहिले तीन वटा विषयमा देवदहमै पठनपाठन सुरु गरिसकेको छ ।

    May be an image of 5 people and people standing

    पूर्वाधार निर्माणको काम तत्काल नै सुरु हुने रजिष्ट्रार आचार्यले बताउनु भयो । ०६१ सालमा स्थापना भएको विश्वविद्यालय ०७१ मा मात्रै लुम्बिनीमा आएको हो । त्यस अघि विश्वविद्यालय सम्पर्क कार्यालयका रुपमा काठमाण्डौंमा मात्रै सिमित रहेको थियो । अहिले लुम्बिनीमा सुबिधा सम्पन्न पूर्वाधार निर्माण भएका छन । केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवास गृह, बौद्ध स्तुपासहितका संरचना लुम्बिनीमा तयार भएका छन । 

    विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ । विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ । अहिले विश्वविद्यालयमा करिव ३ हजार विद्यार्थी अध्ययनरत छन । देवदहमा प्राप्त भएको जग्गामा तपोवन सहितको पूर्वाधार निर्माण गर्ने योजना रहेको छ । त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ । क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार हुन ।देवदहमा विश्वविद्यालयले जग्गा पाएपछि स्थानीय उत्साहित छन । सोही खुसीयालीमा दीपावली नै भएको छ । स्थानीयले देवदहको विकासमा विश्वविद्यालय आउँदा ठूलो योगदान हुने अपेक्षा गरेका छन ।  

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, फाल्गुण १७ २०७७०९:३३:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij