बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

स्थानीय पाठ्यक्रम निर्माणका लागि सुझाब संकलन गर्दै देवदह नगरपालिका

स्थानीय पाठ्यक्रम निर्माणका लागि सुझाब संकलन गर्दै देवदह नगरपालिका

images
  • 643
    SHARES

  • images
    images
    images
    स्थानीय पाठ्यक्रम निर्माणका लागि सुझाब संकलन गर्दै देवदह नगरपालिका
    images
    images
    images

    फाल्गुन १८ ,देवदह। देवदह नगरपालिकाले स्थानीय पाठ्यक्रम (कक्षा १ देखि कक्षा ८ सम्म) अध्यापन गराइने पाठ्य पुस्तक निर्माण तथा प्रकाशनका लागि सरोकारवाला संग पहिलो चरणको सुझाब संकलन कार्यक्रम सम्पन्न गरेको छ। 

    स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन कृषि ,पर्यटन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिने र  पाठ्यक्रम कसरि उत्कृस्ट बनाउन सकिन्छ भन्ने बिषयमा सुझाव संकलन गर्नका लागि प्रारम्भिक चरणमा बिभिन्न निजि तथा सामुदायिक बिद्यालयका प्राध्यापक तथा सरोकारवाला हरु संग सुझाब संकलन गरिएको देवदह नगरपालिकाका नगर शिक्षा अधिकारी उप सचिब टिका राम शर्माले जानकारी दिनुभयो,पाठ्यक्रम समाबेश भए पछि बिद्यार्थीहरुलाई आफु बस्ने क्षेत्रको भाषा ,धर्म संस्कृति ,रहन सहन ,उत्पादन हुने चिजहरुको बिषयमा ज्ञान प्राप्त हुने र बुद्द संग सम्बन्धित ठाउँको प्रचार प्रसारका लागि थप सहयोग पुग्ने विश्वास रहेको उप सचिब शर्माले बताउनु भयो। 

    images
    images
    images

    No description available.

    सम्बन्धित स्थानीय तहका बिद्यालयका प्रधानाध्यापक र शिक्षक,बिभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालहरु बिभिन्न चरणमा सुझाब संकलन गरि पाठ्यक्रम निर्माण विज्ञ समितिले मस्यौदा तयार गर्ने  र  पाठ्यक्रम निर्माण विज्ञ समितिले तयार पारेको ड्राफ्टलाई पुनः सरोकारवाला माझ सार्वजनिक गरेर अनुमोदन  प्रकृयामा लैजाने,त्यस पछि पुस्तक प्रकाशनको प्रकृया अघि बढाई २०७९ साल भित्र कक्षा १ देखि ८ सम्मका पाठ्यक्रम लागु भइ सक्ने  शर्माले बताउनुभयो। 

    पाल्पा विकास केन्द्र तानसेन पाल्पाको प्राबिधिक सहयोग तथा सहजीकरणमा सरोकार वालाहरु संग सुझाब संकलन तथा जिज्ञासाहरुका बिषयमा छलफल गरिएको थियो।पाल्पा विकास केन्द्रका प्रतिनिधि गोपाल प्रसाद बश्यालले स्थानीय पाठ्यक्रम भनेको के हो ?स्थानीय पाठ्यक्रम किन आवश्यक छ ?स्थानीय पाठ्यक्रमको बिशेषता,स्थानीय पाठ्यक्रमका लागि आवश्यक बिषयबस्तु,स्थानीय सहभागिता,पाठ्यक्रम निर्माणका विकसित अवधारणाका बिषयमा चर्चा गर्नु भएको थियो। 

    May be an image of text that says 'पर्यटन, कृषि र पुर्वाधार, समृद् देवदहको मूल आधार

    देवदह नगरपालिकाका कर्यबाहक नगरप्रमुख बिद्या लक्ष्मी गुरुङले  विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार हुने स्थानीय पाठ्यक्रमले देवदह नगरपालिकाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो। 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, फाल्गुण १८ २०७७०७:४८:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij