माधब कुमार नेपालले आफूले एमाले नछाड्ने बताएका छन्। सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको दर्ता खारेज गर्दै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि पहिलो प्रतिक्रिया दिँदै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले बनाएको एमाले नछाड्ने बताएका हुन्।उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘एमाले मैले बनाएको हो, म एमाले कहाँ छाड्छु?’
यसैबीच सर्वोच्च फैसलापछि प्रचण्ड–माधव समूहले काुनन व्यवसायीहरुसँग छलफल थालेको छ। सिंहदरवारमा यतिबेला सो समूहले कानुन व्यवसयाीहरुसँग छलफल गरिरहेको छ।उता ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा जारी छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij