फागुन २३,देवदह । रुपन्देहीको देवदहमा लियो क्लब अफ देवदहको आयोजनामा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु भएको छ । आत्मरक्षा तालिम र यौन स्वास्थ्य व्यवहार अभिमुखीकरण कार्यक्रम ५ दिन सम्म संचालन हुनेछ।

तालिमको एक कार्यक्रमका बिच देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले शुभारम्भ गर्नु भयो । बालबालिकाहरुलाई यौन हिंसाबाट बचाउन, शारिरीक तथा मानसिक हिसाबले तयार पार्न तालिमको आयोजना गरीएको क्लबकी अध्यक्ष श्रद्धा कुँवर क्षेत्रिले जानकारी दिनु भयो।

विभिन्न खण्डमा पाँच दिन सम्म सञ्चालन हुने तालिमको प्रहरी उपरिक्षक प्रतित सिं राठौर, मुक्तिनाथ गैह्रे, मदन थापा, अमृत खड्का र सञ्जय बिकले सहजिकरण गर्नुहुनेछ । तालिममा देवदह मदर टंङ्स एकेडेमिका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij