बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

‘बादल’बाग्मती प्रदेश इन्चार्ज, नेपालको विदेश विभाग प्रमुख पद गयो

‘बादल’बाग्मती प्रदेश इन्चार्ज, नेपालको विदेश विभाग प्रमुख पद गयो

images
  • 487
    SHARES

  • images
    images
    images
    ‘बादल’बाग्मती प्रदेश इन्चार्ज, नेपालको विदेश विभाग प्रमुख पद गयो
    images
    images
    images

    नेकपा एमालेले पार्टीका अधिकांस पदाधिकारीहरुलाई जिम्मेवारीबाट हटाएको छ ।

    प्रधानमन्त्रीसमेत रहनु भएका (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु् पक्षिय नेताहरुको बैठक बोलाएर महासचिव र प्रवक्ता बाहेक सबै पदाधिकारीहरुलाई जिम्मेवारी बाट हटाउनु भएको हो । जसमा एमाले महासचिव इश्वर पोखरेल र पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवाली यथावत हुनुहुन्छ ।

    images
    images
    images

    शुक्रबार अध्यक्ष ओलीले बालुवाटारमा आफु निकटका केन्द्रीय सदस्यहलाई बालुवाटारमा बोलाएर बैठक राख्नु भएको थियो ।

    बैठकमा प्रधानमन्त्री ओलीले (नेकपा) माओवादी केन्द्रबाट एमालेमा जानुभएका रामबहाददुर थापा ‘बादल’लाई बाग्मती प्रदेश इन्चार्जका साथै अन्य २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको बताइएको छ ।

    त्यस्तैगरी बरिष्ठ नेता माधव कुमार नेपाल एमाले विदेश विभाग प्रमुख रहनु भएकमा उहाँलाई हटाएरर ओलीले राजन भट्टराईलाई नियुक्त गर्नुभएको बताइएको छ ।

    त्यस्तैगरी सुदुपश्चिम प्रदेश इन्चार्ज भीम रावललाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका लेखराज भट्टलाई नियुक्त गर्नुभएको छ । प्रदेश १ का इन्चार्ज भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई नियुक्त गरिएको छ ।

    कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई नियुक्त गरिएको छ ।  यस्तै, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी इन्चार्जमा भने शंकर पोखरेल भने यथावत नै रहेका छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, फाल्गुण २८ २०७७०५:४९:११
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij