सगरमाथा स्पोर्टिंग क्लब देवदहको आयोजनामा देवदह १ मा संचालन भैरहेको पहिलो सगरमाथा कप खुल्ला नक आउट फुटवल प्रतियोगिताको उपाधि सनराइज युथ क्लब भुमहिले हात पारेको छ।
रामपुर युथ देवदह ११ संग भएको फाइनल खेलमा सनराइजको तर्फ बाट जर्सी नम्बर १० का खेलाडी दिलिप चौधरी ,जर्सी नम्बर ७ का बिनोद भट्टराई र जर्सी नम्बर ६ का दिनेश भट्टराईले गोल गर्दै आफ्नो टिमलाई बिजयी बनाएका हुन्। रामपुर युथ देवदह ११ को तर्फ बाट भने जर्सी नम्बर १८ का एलेस मगरले पेनाल्टी मार्फत गोल गरेका थिए।
उपाधि बिजेता सनराइज युथ क्लबले ५० हजार नगद संगै शिल्ड मेडल र प्रमाण पत्र हात परेको छ। त्यस्तै उपविजेता रामपुर युथ देवदह ११ ले नगद २५ हजार शिल्ड मेडल र प्रमाण पत्र हात पारेको छ।
बिजेता टिम तथा खेलाडिलाई कार्यक्रम का प्रमुख अतिथि सामाजिक युवा ब्याक्तित्व टिकाराम चापागाई ,राष्ट्रिय युवा संघका रुपन्देही सह संयोजक विकास गहतराज , कोलिय देवदह सहकारीका सचिब कृष्ण राज पौडेल लगायत अतिथिहरुको उपस्थितिमा
पुरस्कार वितरण गरिएको थियो।
क्लबका अध्यक्ष बबिन परियारको अध्यक्षता ,खेल संयोजक प्रशान्त गौडेलको स्वागत तथा प्रविन गौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij