देवदह।रुपन्देहीको देवदहमा आज देखि ६५ वर्ष माथिका नागरिकलाई कोभिड बिरुद्दको खोप दिन सुरु गरिएको छ।
२०७७ चैत्र १ गते देखि ३ गते सम्म ३ दिन ६५ बर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिकका कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको देवदह नगरपालिका स्वास्थ्य शाखा अधिकृत काशिनाथ बन्जाडेले जानकारी दिनुभयो।
देवदह नगरपालिकामा अवस्थित केरवानी स्वास्थ्य चौकी ,देवदह स्वास्थ्य चौकी ,देवदह मेडिकल कलेज र सिक्टहन स्वास्थ्य चौकी बाट खोप कार्यक्रम सुरुवात गरिएको र आफुलाइ पाएक पर्ने स्थान बाट खोप लिनुहुन नगरवासी सम्पुर्ण जेष्ठ नागरिक आमाबुबा साथै खोप लिन का लागि लक्षित बर्गलाइ सहभागीताको लागि अनुरोध गरिएको देवदह नगरपालिका प्रमुख हिरा बहादुर खत्रीले जानकरी दिनुभयो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij