बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा ओलीलाई प्रमुख अतिथिको निम्तो

नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा ओलीलाई प्रमुख अतिथिको निम्तो

images
  • 453
    SHARES

  • images
    images
    images
    नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा ओलीलाई प्रमुख अतिथिको निम्तो
    images
    images
    images

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा नजान नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले गुटको भेला नबोलाउन समेत आग्रह गरे ।

    images
    images
    images

    तर यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता दिएका छन् ।

    मंगलबार भेलाबारे जानकारी दिन ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि हुन निम्ता गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले भोलिको भेलामा नजर लगाउने भन्दै चेतावनी दिएका थिए । ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन्।

    ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउनका लागि कसैलाई खटाउनै पर्दैन’, नेता भट्टराईले भने, ‘यो भेलामा देशभरबाट को को आएछन् तपाईं नै आएर हेर्नुहोस् र आतिथ्यता ग्रहण गर्नुहोस्। उद्घाटन गर्नुहोस्। देशभरबाट आएका तपाईंकै कार्यकर्ता हुन्, केन्द्रीय सदस्य हुन्। के भन्नुहुन्छ उहाँहरुलाई भन्नुहोस्।’

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, चैत्र ३ २०७७०८:१५:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij