निर्मल एसपी मगर
चैत्र ९ माथागढी ।पाल्पाको माथागढी गाउँपालिकामा चोरी कटानी ,चोरी शिकारी ,वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धि अन्तरजिल्ला समन्वय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
माथागढी सब-डिभिजन वन कार्यालय पाल्पा,देवदह सब-डिभिजन वन कार्यालय रुपन्देही तथा गाउँ वन समन्वय संजाल रुपन्देहीको समन्वय,डिभिजन वन कार्यालय पाल्पा र डिभिजन वन कार्यालय रुपन्देहीको संयोजन र श्री बुद्द सामुदायिक वन देवदहको मुख्य आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथी डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा.मोहन प्रसाद पौडेलले बोल्दै चोरी कटानी शिकारी,वन डढेलो नियन्त्रण तथा रोकथामका लागि उपभोक्ता चनाखो हुनुपर्ने बताउनुभएको थोयो।
त्यस्तै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले डढेलो नियन्त्रण मुख्य चुनौतीको बिषय रहेको बताउनु भएको थियो ।अबैध कटानी,अबैध चोरी सिकारी र अतिक्रमणलाई रोक्न सकिए पनि आगलागी नियन्त्रण गर्न चुनौती हुने बताउनु भएको थियो।वन विनाश रोक्न आम उपभोक्ता चनाखो रहनुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा सामुदायिक वनको तर्फ बाट बिर बहादुर बाह्रघरे,मलौटा सामुदायिक वनका अध्यक्ष थमन रेश्मी,गरगरे सामुदायिक वनका तर्फ बाट पदम बहादुर वाकावल,हात्तिलुङ सामुदायिक वनको तर्फ वाट चेत बहादुर थापा,पाल्पाली सामुदायिक वनको तर्फ बाट सन्त बहादुर थापा,माथागढी सामुदायिक वनको तर्फ बाट नीर कुमारी दर्लामी,स्मृति सामुदायिक वनको तर्फ वाट भरत बहादुर गुरुङ,भावना सामुदायिक वनको तर्फ बाट यम बहादुर गाहा,शिवालय सामुदायिक वनका तर्फ वाट भिमलाल काफ्ले र बुद्द सामुदायिक वनका तर्फ वाट रमेश पोखरेल लगायतले बोल्दै सामुदायिक वनले गरेको गतिबिधीका बिषयमा जानकारी गराउनु भएको थियो।

माथागढी गाउँपालिकामा अवस्थित सामुदायिक वनका प्रतिनिधिहरुले चुन ढुङ्गा खानी बाट चुन ढुङ्गा ढुवानी गरिने टिपरका कारण धुलोको समस्या बेहोर्नु परेको बताउनुभएको थियो।हाल माथागढीमा रहेका चुनढुङ्गा खानी बाट पाल्पा सिमेन्ट र अर्घाखाँची सिमेन्ट प्रालिले चुन ढुङ्गा निकासी गर्दै आएका छन् ।
कार्यक्रम बुद्द सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता,अनिलकुमार महतोको स्वागत तथा सन्तोष भट्टराईको संचालनमा सम्पन्न भएको थियो।
यो पनि पढ्नुहोस
चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि देवदह माथागढी समन्वय संजाल गठन
चोरी कटानी, चोरी निकासी तथा डढेलो नियन्त्रणका लागि रुपन्देहीको देवदह नगरपालिकामा रहेका सामुदायिक वन र माथागढी गाउँपालिकामा रहेका सामुदायिक वनका पदाधिकारीहरु बिच एक कार्यक्रम मार्फत आज समन्वय संजाल गठन गरिएको छ।
बुद्द सामुदायिक वनका अध्यक्ष टेक बहादुर रानाको संयोजकत्वमा १० सदस्य रहने गरि संजाल गठन गरिएको हो।संजालका सह संयोजकमा नीर कुमारी दर्लामी र सदस्यहरुमा रामचन्द्र पौडेल,भरत बहादुर गुरुङ,थमन रेश्मी,पदम बहादुर बाकाबल,चेत बहादुर थापा,सन्त बहादुर थापा,यम बहादुर थापा लगायत रहेका छन् ।

त्यस्तै डिभिजन वन प्रमुख पाल्पाका प्रमुख मोहन प्रसाद पौडेल,डिभिजन वन कार्यलय रुपन्देहीका प्रमुख बोधराज सुवेदी ,देवदह नगरपालिकाका प्रबक्ता झिल्लु प्रसाद न्यौपाने,गाउँ वन समन्वय संजालका अध्यक्ष खेमनारायण अधिकारी,देवदह प्रहरी प्रमुख दिपक महत क्षेत्रि सल्लाहकार रहने गरि संजाल गठन गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij