चैत्र ११,काठमाडौं। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र जारी गरेको छ।कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने खतरा रहेको भन्दै सोमबार मन्त्रालयले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेपछि गृह मन्त्रालयले गत सोमबार परिपत्र गरेको हो।
स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा गृह मन्त्रालयले परिपत्र जारी गरेको जनाइएको छ । मुख्यतः भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना देखिएपछि भीडभाड हुन नदिन परिपत्र जारी गरिएको जनाइएको छ ।
हाल नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको मन्त्रालयले जनाएको छ । साथै, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।
रासस
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij