बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नेपाल रास्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित

नेपाल रास्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित

images
  • 549
    SHARES

  • images
    images
    images
    नेपाल रास्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा न्यौपाने निर्वाचित
    images
    images
    images

    देवदह १४ चैत्र। नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगर कमिटिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । 

    कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सांसद डा कृष्ण न्यौपानेले  शिक्षकका पेशागत संगठनको क्षमता तथा दक्षता वृद्धिमा लाग्नुपर्ने बताउनुभयो । शिक्षक समाजको सचेत नागरिक भएकाले सहि र गलत छुट्याउन सक्नुपर्ने बताउनुभयो।त्यस्तै उंहाले शिक्षाको विकास बिना देशको विकास असम्भव रहेको बताउनु भयो। शिक्षा भनेको समाजलाई उज्यालो गराउने बत्ति भएको भन्दै शिक्षा वाट कोहि पनि बन्चित हुन नहुने उंहाले बताउनुभयो। गुणस्तरीय शिक्षाको लागि नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह लाग्नेमा डा.न्यौपानेले बिश्वास व्यक्त गर्नुभयो। 

    images
    images
    images

    नेपाल रास्ट्रिय शिक्षक संगठन देवदहका निवर्तमान अध्यक्ष खेमानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद डा कृष्ण न्यौपाने, देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डे,नेकपा एमाले नगर इन्चार्ज प्रकाश अर्याल ,देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मित्रलाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो। 

    यसै बीच नेपाल रास्ट्रिय शिक्षक संगठन देवदहको अध्यक्षमा यज्ञ प्रसाद न्यौपाने 'दिपक 'सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। नेपाल राष्ट्रिय शिक्षक संगठन देवदह नगर समितिको तेस्रो नगर अधिबेशन बाट न्यौपाने निर्विरोध निर्वाचित भएका हुन्। 

    त्यस्तै उपाध्यक्षमा मेघराज घिमिरे र शिला मल्ल ,सचिवमा राजु अर्याल,सह-सचिवमा अनिता बुढाथोकी,कोषाध्यक्षमा करुणाकर अर्याल निर्विरोध निर्वाचित भएका हुन् । 

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, चैत्र १४ २०७७०७:३५:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij