देवदह १४ चैत्र। रुपन्देहीको देवदहमा पहिलो पटक टेवल टेनिस प्रतियोगिता सुरु भएको छ । टेवल टेलिनस क्लब अफ देवदहको आयोजनामा भएको प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले उद्घाटन गर्नु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलाडी देशको सान भएको बताउनु भयो । खेलाडीले देशको गौरव वढाउने उल्लेख गर्दै उहाँले खेलकुदको विकासमा लाग्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख हिरा बहादुर खत्रीले खेल मनोरन्जनको लागि मात्र नभएर खेल क्षेत्र वाट खेलाडीको स्तरोन्नति र रास्ट्रको पहिचान दिन सकिने बताउनुभयो। खेलकुद क्षेत्रमा अनावश्यक हस्तक्षेप हुन् नहुने र एक वार्ड एक खेलकुद मैदानको अवधारणाले खेलकुद क्षेत्रको विकासमा थप सहयोग पुग्ने बताउनुभयो।
प्रतियोगितामा देवदहका १० विद्यालयका ८० जना विद्यार्थी सहभागी भएको खेल संयोजक एवम क्लबका अध्यक्ष सगुन लामिछानेले बताउनु भयो । नयाँ खेलाडी उत्पादन गर्ने र टेवल टेनिसको बारेमा जानकारी दिने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका सल्लाहकार विकास गहतराजले जानकारी दिनु भयो ।
उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष सगुन लामिछानेको अध्यक्षता,टेक बहादुर नेपालीको स्वागत र श्रद्दा कुँवर क्षेत्रिको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij