चैत्र १५ देवदह । देवदह नगरपालिकाले यस वर्षको होली पर्व पनि घरमै बसेर मनाउन र भीडभाड नगर्न अनुरोध गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको र कोरोना संक्रमण फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै देवदह नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
कोरोना संक्रमण छिमेकी राष्ट्र भारतमा तिब्र रुपमा बढेको र खुल्ला सिमानाको कारण नेपालमा पनि बढ्न सक्ने र देवदह नगरपालिकामा पनि तिब्र रुपमा बढेर जान सक्ने सम्भावना रहेको कारण भिडभाडका गतिबिधिहरुले थप जोखिम बढाउन सक्ने भएकोले होलि पर्व मनाउदा स्वास्थ्य मापदण्ड पुरा गरेर मनाउन नगरपालिकाले आग्रह गरेको हो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij