चैत्र १५ देवदह। टेबल टेनिस क्लब अफ देवदह द्वारा आयोजित देवदह विद्यालय स्तरीय रनिङ शिल्ड टेबल टेनिस प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा जूनियर तर्फ सगरमाथा माविका कक्षा ५ का सनम थापा प्रथम, सब -जूनियर तर्फ कक्षा ९ का दिपंकर बारघरे प्रथम, कक्षा ८ का दिप्सन बस्नेत द्वितीय र सिनियर तर्फ कक्षा ११ का विनीत कार्की प्रथम हुँदै रनिङ शिल्ड उपाधि जितेको हो। प्रतियोगितामा सनम थापा उत्कृष्ट खेलाडी चयन भएका छन्।
त्यस्तै सोहि प्रतियोगितामा जुनियर तर्फ केरवानी माविका सुमन न्यौपाने,सब जुनियर तर्फ देवदह बोर्डिंगका अर्पण पौडेल र सिनियर तर्फ ग्रीन प्लान्ट माविका रेमन शर्माले द्वित्तीय स्थान हासिल गर्न सफल भएका छन्।
त्यस्तै जुनियर तर्फ देवदह बोर्डिंगका सामेल रोका,सब जुनियर तर्फ सगरमाथा माविका दिप्सन बस्नेत र सिनियर तर्फ बुद्द पब्लिकका जीवन थापाले तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रममा क्लबका अध्यक्ष सगुन लामिछाने, प्रमुख अथिति लुम्बिनी प्रदेश सांसद डा. कृष्ण न्यौपाने, विशिष्ट अतिथि देवदह नगर प्रमुख हिरा बहादुर खत्री,खेलकुद विकास समितिका संयोजक दिपक चापागाई लगायत अन्य अथितिहरुले पुरस्कार वितरण गर्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij