बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

नगरप्रमुखका दुईवटा डोजरमा आगजनी

नगरप्रमुखका दुईवटा डोजरमा आगजनी

images
  • 827
    SHARES

  • images
    images
    images
    नगरप्रमुखका दुईवटा डोजरमा आगजनी
    images
    images
    images

    चैत्र १६ ,डोल्पा । ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आगजनी भएको छ ।

    नगरपालिकाको केन्द्र जुफालबाट वडा नं ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे१क ४६३६ र भे१क १२९४ नंका दुईवटै डोजरमाथि अज्ञात समूहद्धारा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभएको छ ।

    images
    images
    images

    घटना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिवार साँझ ७ः३० बजेसम्म सकुसल भएको र विहानमात्रै आगजनी भएको पाइएको डाँगीको भनाइ छ । घटना कसले कसरी घटायो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्रहरी घटनास्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए।

    आगजनीबाट दुईवटै डोजर पूर्णरूपमा क्षति भएको छ । आगजनी भएका दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्रहरीले जनाएको छ । यता नगरप्रमुख शाहीले भने आफू काठमाडौं भएको र घटनाका विषयमा फोनबाट जानकारी पाएको बताउनु भएको छ ।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, चैत्र १६ २०७७१०:३८:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij