चैत्र १८,पाल्पा।पाल्पाको दोभानमा लागूऔषध सहित एक जना पक्राउ परेका छ्न।आइतबार बिहान ८ बजे पाल्पाको तिनाउ गाउँपालिका ३ पैठेडाडामा सिदार्थ राजमार्ग खण्डमा चेकजाँच गर्ने क्रममा पैदल यात्री स्याङ्जा वालिङ नगरपालिका वडा न.९ राउतडाडामा बस्ने बर्ष २५ का सुमन गाहा पक्राउ परेका हुन ।उनको शरीर खानतलासी गर्दा ७० वटा फेनेरागन,नुफिन ३३ वटा ,२थान सिरिन्ज फेला परेको प्रहरीले जनाएको छ।पक्राउ परेका युवकमाथि थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij