चैत्र १८ ,काठमाडौं।काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई हजार १०० ट्याब्लेट नियन्त्रित लागुऔषध नाइट्राभेटसहित रामेछाप सालदेउराली गाउँपलिका–१ बस्ने १९ वर्षीय विशाल कार्कीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले महोत्तरी जलेश्वरबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ८३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार कार्कीलाई उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij