चैत्र २० ,बुटवल। नेपालमा शारिरीक सुगठन खेलको विकासमा महत्वपुर्ण योगदान दिने तथा यस खेलको पुर्वाद्धकाल देखि नै गोरेटो कोरेका अग्रज खेलाडीहरुलाइ बुटवलमा आगामी बैशाख २५ गते हुने मिष्ट्रर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितामा सम्मान कार्यक्रम आयोजना गरिएकाे आयोजकले बताएका छन् । शारीरिक सुगठन खेलको बिकासमा ईटा थप्दै बिदेशी मुलुकमा समेत नेपाली झण्डा बोकेर देशको प्रतिनिधित्व गरेर यस खेलको परिधिलाइ फराकिलो परेका शारिरीक सुगठनका पहिलो पुस्ता लगायत यस खेलमा अन्तराष्ट्रिय पदक भित्याउन प्रारम्भ गर्ने खेलाडीहरुलाइ कार्यक्रममा सम्मान गरिने कार्यक्रम रहेका सधका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए। तपशिलका खेलाडीहरुलाइ सम्मान गरिनेछ।
सरोज श्रेष्ठ
बि स २०४२ सालमा श्रीलंकाको कोलोम्बोमा आयोजित २१ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा ऐतिहासिक रुपमा नेपालको झण्डा बोकेर पहिलो पटक अन्तराष्ट्यि शारीरिक सुगठन खेलमा नेपालको प्रतिनिधित्व गर्नुभएका अग्रज खेलाडी सरोज श्रेष्ठ जसलाइ नेपालको प्रतिष्ठित प्रतियोगिता धर्म श्रीकाे संचालन शुरुवात् गराउने श्रेय समेत जान्छ । ४०,४१ र ४२ सालमा भएका तेश्रो, चौथो र पाचौ राष्ट्रिय शारीरिक प्रतियोगिताहरुमा लगातार वहाँ मिष्ट्रर नेपालको उपाधि चुम्न सफल हुनु भएको थियो ।बहांको योगदानलाइ सम्मान व्यक्त गरिनेछ ।

ज्ञनेन्द्र नकर्मी
बि स २०५० सालमा सिङ्गापुरमा आयोजित २९ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्टि्य शारीरिक सुगठन खेलमा सहभागिता जनाउनु भएका अग्रज खेलाडी ज्ञनेन्द्र नकमी जसले थुप्प्रै राष्ट्रिय प्रतियोगिता धर्म श्री समेतका प्रतियाेगितामा सफलता हात पार्नु भएको थियो ।

प्रतापकाजी बरिया
बि स २०५० सालमा सिङ्गापुरमा आयोजित २९ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन खेलमा सहभागिता जनाउनु भएका अग्रज खेलाडी प्रतापकाजी बरिया जसले थुप्प्रै राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट नतिजा हात पार्नु भएको थियो ।

बिकास प्रधान
बि स २०५१ सालमा मलेसियामा आयोजित ३० औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन खेलमा सहभागिता जनाउनु भएका अग्रज खेलाडी बिकास प्रधान जसले लगातार चार पटक मि. नेपाल जित्ने इतिहास कायम गर्ने सफलता हात पार्नु भएको थियो ।

इश्वर श्रेष्ठ
बि स २०५३ सालमा भारतको नयां दिल्लीमा आयोजित ३२ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन खेलमा सहभागिता जनाएका अग्रज खेलाडी इश्वर श्रेष्ठ जसले थुप्प्रै राष्ट्रिय प्रतियोगितामा समेत राम्रो नतिजा प्राप्त गर्नुभएको थियो ।

श्याम श्रेष्ठ
बि स २०५३ सालमा भारतको नयां दिल्लीमा आयोजित ३२ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन खेल यात्रा प्रारम्भ गरेका श्याम श्रेष्ठ जसले दुइ दर्जन भन्दा बढी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै थुप्प्रै पदक देशमा भित्राउन सफल हुनु भएको थियोे ।

हरिस श्रेष्ठ
नेपालमा हुने शारीरिक सुगठन प्रतियव्गितामा सफलता हात पार्दै बि स २०५३ सालमा भारतको नयां दिल्लीमा आयोजित ३२ औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन खेल यात्रा प्रारम्भ गर्नु भएका हिरस श्रेष्ठ जसले २०५८ सालमा नै माल्दिभ्समा भएको तेश्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा उनले ६० के जी तैल समुहमा स्वर्ण पदक प्राप्त गर्नु भएको थियो । २०५२ सालमा प्रथम पटक मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता र मिष्ट्रर एभरेष्ट्रको उपाधि समेत हात पार्नु भएको थियो।

जीवन गिरी
बि स २०५६ सालमा भारतको नासिकमा आयोजित प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताबाट पदक भित्त्राउन सफलता हात पार्नु भएको जिवन गिरि ज्युले नेपालको प्रतिष्ठित धर्म श्री प्रतियोगिताको उपाधि समेत उचाल्नु भएको थियो ।
सचित प्रधान
झन्डै दुइ दशक नेपाली शारीरिक सुगठन खेलमा एक क्षत्र राज गर्न सफल हुनु भएका संचित प्रधानले पनि बि स २०५६ सालमा भारतको नासिकमा आयोजित प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताबाट पदक भित्त्राउन सफलता हात पार्नु भएको थियो झण्डै दुइ दर्जन बढी अन्तराष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा शानदार उपस्थिती जनाउनु भएका प्रधानले थुप्प्रै पदक समेत भित्त्राउनु भएको थियो ।

सुजन तामाङ्ग
सन् २०१२ मा चाइनाको ग्वानंझाउमा आयोजित ४६ औ एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालको तर्फबाट पहिलो एतिहासिक कास्य पदक भित्राउन वहाँ सफल हुनु भएकाे थियो । तामागंले राष्ट्रिय प्रतियाेिगताहरुमा समेत उल्लेखनिय सफलता हात पार्नु भएकाे थियो ।
ज्ञान नारायण महर्जन
७० केजी तौल समूहबाट लगातार तीनपटक मिष्ट्रर नेपाल बन्न सफल भएका ज्ञान नारायण महर्जन पाकिस्तानको लाहोरमा भएको दशौं दक्षिण एसियालीमा उनि ६० केजी तौल समूहमा स्वर्णपदक जितेर इतिहास कायमगर्न सफल हुनु भएको थियो।
बिरु महर्जन
सन् २००१ मा भारतको गोवामा भएको चौथो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितबाट आफ्नो अन्तराष्ट्रिय शारीरिक सुगठन खेल यात्रा शुरु गर्नु भएका बिरु महर्जनले राष्ट्रिय प्रतियोगिताहरु समेत थुप्प्रै सफलताहरु प्राप्त पार्नु भएको थियो ।
निर्मला महर्जन
यसरी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय शारिरीक सुगठन खेलमा महिलातर्फ शरुवात गर्ने श्रेय पाउनु भएकी अग्रज महिला खेलाडी निर्मला महर्जनलाइ पनि सम्मान गरिने कार्यक्रम रहेकाे आयोजक सस्था रुपन्देही जिल्ला शारीरिक सुगठन सधले जनाएकाे छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij