भरत बहादुर नेपाली ,देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवदह नगर कमिटिको संयोजकमा केदारनाथ काफ्ले निर्वाचित हुनु भएको छ । शनिवार भएको विस्तारित बैठकले काफ्लेलाई नगर समितीको संयोजकमा सर्वसम्मत निर्वाचित गरेको हो ।
क्रार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देही क्षेत्र नं. १ का क्षेत्रिय सचिव गोविन्द पंगिनी बोल्दै देशको विकास गर्न पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्नु भयो । उहाँले अहिले देशको राजनितिक संकटको अवस्थामा केहि साथीहरु बाटो बिराएको भन्दै क्रान्ति गर्ने योद्धाहरु विचलन हुन नहुने कुरामा जोड दिनु भयो । उहाँले विधि, पद्धती र सिद्धानको बाटो हिड्न र सत्यको बाटो नछोड्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नवनिर्वाचित देवदह नगर कमिटिका संयोजक केदारनाथ काफ्लेले देशमा भएको परिवर्तनमा सहिदहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो । आफु पनि सहिद परिवारको रहेको बताउदै उहाँले परिवर्तनको खातिर सहिदहरुले दिएको योगदान अमुल्य रहेको बताउनु भयो । अबका बाँकी अभिभारा पुरा गर्न नेता कार्यकर्ता सबै लाग्नु पर्नेमा जोड दिनु भयो ।
विस्तारित बैठकमा हेमन्त पाण्डे, चोडा प्रसाद चापागाई, लिलाधर मरासिनी, निर्मला जिसी, भरत तिवारी, मुरारी पाण्डे, गणेश खाती, तेजलाल डुम्रे, विष्णु गुरुङ्ग, धन बहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रम नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीका पुर्व नगर इन्र्चाज मोतीलाल ढकालको अध्यक्षता, सुन्दरी गिरीको स्वागत तथा नेकपा माओवादी केन्द्र वडा नं. ५ का अध्यक्ष केशव पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij