बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बाँकेको नरैनापुरमा भीषण आगलागी,सयभन्दा बढी घर जलेर नष्ट

बाँकेको नरैनापुरमा भीषण आगलागी,सयभन्दा बढी घर जलेर नष्ट

images
  • 458
    SHARES

  • images
    images
    images
    बाँकेको नरैनापुरमा भीषण आगलागी,सयभन्दा बढी घर जलेर नष्ट
    images
    images
    images

    चैत २१, बाँके।बाँके आगलागीबाट एक सयभन्दा बढी घर जलेर नष्ट भएका छन्।बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भ‍ीषण आगलागी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए। 

    शनिबार दिउँसो करिब ३ बजेतिर बस्तीमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। फुसले छाएका घर टहरा सबै जलेर नष्ट भएको बताइएको छ।

    images
    images
    images

    आगोलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ५ वटा दमकलको अथक प्रयासबाट नियन्त्रण प्रजिअ कुरुम्बाङले जानकारी दिए। साथै घटनामा ३ जना घाइते भएका उनले जानकारी दिएका छन्।

    अहिले पीडितहरुलाई राहत र पुनर्स्थापनाका लागि घटनास्थलमा लागि रहेका समेत उनको भनाइ छ। उनका अनुसार,आगलागीको यकिन कारण खुल्न सकेको छैन। नरैनापुर ६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए। त्यसअघि फागुन २४ गते पनि नरैनापुर–१ को सुइया गाउँमा आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए।रासस 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, चैत्र २१ २०७७०९:०१:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij