बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

राप्रपा देवदह नगर समितिको अधिवेसन सम्पन्न, अध्यक्षमा माधव रिमाल निर्वाचित

राप्रपा देवदह नगर समितिको अधिवेसन सम्पन्न, अध्यक्षमा माधव रिमाल निर्वाचित

images
  • 794
    SHARES

  • images
    images
    images
    राप्रपा देवदह नगर समितिको अधिवेसन सम्पन्न, अध्यक्षमा माधव रिमाल  निर्वाचित
    images
    images
    images

    भरत बहादुर नेपाली,देवदह। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) देवदह नगर कार्य समितिको अध्यक्षमा पुन : माधव रिमाल  निर्वाचित हुनु भएको छ । आईतबार देवदहमा भएको नगर परिषदको बैठक तथा अधिवेशनबाट रिमाल निर्विरोध रुपमा निर्वाचित हुनु भएको हो । उक्त अधिवेशनले रिमालको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको हो ।

    अधिवेशनमा प्रमुख अतिथि रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी केन्दिय कार्य सम्पादन समितीका सदस्य तथा पुर्व मन्त्री समेत रहनु भएका दिपक बोहोराले राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको सिद्धान्त सहि सावित भएको बताउनु भएको थियो । कांग्रेस, एमाले, माओवादी लगायतका ठुला राजनितिक दलले पटक पटक सरकारको नेतृत्व गरेपनि राष्ट्रलाई सहि दिशा निर्देश दिन नसकेको आरोप लगाउनु भयो । सत्ता र शक्तिको आडमा स्थानिय तहहरुमा भष्ट्रचार, विकृति र विसङ्गति बढेको भन्दै अब अन्याय र अत्याचार नेपाली जनताले नसहने पनि बताउनु भयो । हिन्दु राष्ट्र र राज तन्त्रको पक्षमा आफुहरुले वकालत गरेको बताउदै जनताले चाहेको खण्डमा आफुहरुले नेतृत्व लिन समेत पछि नहट्ने बताउनु भयो ।

    images
    images
    images

    No description available.

    अधिवेशनमा विशिष्ट अतिथि रहनु भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्दिय कार्य सम्पादन समितीका सदस्य तथा  लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार उदयले कम्यूनिष्टको दुई तिहाई सरकारले जनताको मतको अपमान गरेको बताउनु भएको थियो । उहाँले कम्यूनिष्टको सरकारले चुनावमा गरेको बाचालाई लत्याउदै विभिन्न गुट बनाएर सडकमा जात्रा देखाएको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षका रुपमा नेपाली कांग्रेसले जनताले दिएको जनमतलाई अपमान गदै सत्तामा जान खुट्टा उचालेको बताउनु भयो । जनताले नचाहादा नचाहादै पनि राष्ट्रलाई धर्म निरपेक्ष राज्य घोषणा गरेको र त्यसले देशमा अस्थिरता निम्त्याएको र विदेशी शक्तिहरुको चलखेल बढेको बताउनु भयो ।

    अधिवेशमा राप्रपाका केन्द्रिय सम्पादन समितिी सदस्य ताहिर अलि, राप्रपाका केन्द्रिय सदस्य तोयानाथ लम्साल, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, नेपाली काँग्रेस देवदह नगर सभापति गुणाखर भुर्तेल, माओवादी केन्द्रका मोतिलाल ढकाल, राष्ट्रिय जनमोर्चाका डम्मर बहादुर थापा, क्रान्तिकारी माओवादीका भिमलाल काफ्ले लगायतले मन्तब्य राख्नु भएको थियो ।  

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, चैत्र २२ २०७७०७:३५:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij