चैत २२,देवदह। देवदह नगरपालिकाको वडा नम्बर ४ मा १० दिने ढकिया बनाउने तालिम सुरु भएको छ। थारु सृष्टि महिला समूह देवदह - ४ को आयोजना र देवदह नगरपालिका वडा नम्बर-४ को आर्थिक सहयोगमा ढकिया निर्माण गर्ने तालिम सुरु भएको
हो। तालिममा ३० जना थारु महिलाहरुको सहभागिता रहेको थारु सृष्टि महिला समूहले जानकारी दिएको छ।
बिशेष गरि लोप हुन लागेका थारु सस्कृति र रितिरिवाजलाई जगेर्ना गर्न र ढकियालाई देवदहकै पहिचानको रुपमा स्थापित गर्नका लागि तालिमको आयोजना गरिएको प्रमुख अतिथि देवदह नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष दिपक चापागाईले बताउनुभयो।थारु भाषीको पहिचानको लागि ढकियामा देवदह नगरपालिका लेखेर मायाको चिनोको रुपमा बजार सम्म पुर्याउने योजना रहेको उहाले बताउनुभयो।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य शान्ता भट्टराई,आशा मुसहर ,मनकुमारी थापा ,राम बहादुर चौधरी लगायतको सहभागिता रहेको थियो। थारु सृष्टि महिला समूहका अध्यक्ष निर्मल चौधरीको अध्यक्षता ,कान्ति चौधरीको स्वागत र लक्ष्मी कुमारी चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij