चैत २२,देवदह। देवदह नगरपालिकाको वडा नम्बर ९ मा १५ दिने बुटिक बनाउने तालिम सुरु भएको छ। हरियाली दलित महिला समूह देवदह ९ को आयोजना र देवदह नगरपालिका वडा नम्बर-९ को आर्थिक सहयोगमा बुटिक निर्माण गर्ने तालिम सुरु हुन लागेको हो। तालिममा २० जना प्रशिक्षार्थि को सहभागिता रहको आयोजक हरियाली दलित महिला समूहले जानकारी दिएको छ।
बिगतमा सिलाई कटाई, उद्घोसक,अचार बनाउने तालिम ,प्लम्बिङ्ग ,वायरिङ्ग लगायत तालिम आयोजना गरेको र सिकेको सिप र अवसरलाई सदुपयोग गर्न सके आत्मनिर्भर र स्वोरोजगर बन्न सकिने देवदह नगरपालिका वडा नम्बर -९ का कार्यवाहक अध्यक्ष देवी अधिकारीले बताउनुभयो। जनताले तिरेको कर बाटनै महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि तालिम संचालन गरिएको बताउदै उंहाले लगनशील र मेहेनती भएर सिप सिक्न प्रशिक्षार्थिहरुलाई आग्रह गर्नुभयो।
उद्घाटन कार्यक्रममा वडा सदस्य लक्ष्मी बिश्वर्कमा ,युवा समाजसेवी प्रेम थापा ,बिष्णु प्रसाद भट्टराई ,महेन्द्र क्षेत्रि लगायतले मन्तब्य राख्नुभएको थियो।कार्यक्रममा वडा सदस्य खैराज शर्मा ,राम प्रसाद बिश्वकर्मा लगायतको सहभागिता रहेको थियो।कार्यक्रममा देवी विकले तालिमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो। सरिता गाहाले तालिम दिने आयोजक हरियाली दलित महिला समूहले जानकारी दिएको छ।
उद्घाटन कार्यक्रम हरियाली दलित महिला समूह की अध्यक्ष राधा बुढाथोकी परियारको अध्यक्षता ,लक्ष्मी परियारको स्वागत र महेन्द्र खड्काथोकी संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij