निवासी सिसम ज्ञवालीलाई सहयोग रकम हस्तान्तरण गरेको छ। मृगौला पत्यारोपणका लागि बिभिन्न सहयोगी दाताहरु बाट संकलित रकम पिडित ज्ञवालीलाई हस्तान्तरण गरिएको हो । मंगलबार देवदह–९ को वडा कार्यालयमा देवदह समाज युएईले नगद एक लाख बाईस हजार बीस रुपैयाँ पिडित ज्ञवालीलाई हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै युएई समाजका अध्यक्ष रमेश न्यौपानेले आफुहरुले गरेको सहयोग रकमले पिडितको उपचारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । विगतमा पनि देवदह समाज युएईले विभिन्न सामाजिक काम गरेको बताउदै आफुहरुले गरेको सहयोगले बिरामीको उपचारमा थप सहयोग र हौसला मिल्ने बताउनु भयो । मानव सेवाका कार्यहरुमा सबैले सहयोग गुर्नपर्ने भन्दै आर्थिक अवस्था कमजोर भई उपचार गर्न नसक्नेहरुलाई आर्थिक रुपमा सबल व्यक्तिहरुले सहयोग गर्न पनि आग्रह गर्नु भयो ।
देवदह–०९ का वडा अध्यक्ष केशव राज भट्टराईले पिडित ज्ञवालीलाई निराश नभई आत्मविश्वास बलियो बनाउन आग्रह गदै शिध्र स्वास्थ्य लाभको कामना गर्नुभयो । त्यस्तै सहयोग गर्ने संस्था देवदह समाज युएईलाई धन्यवाद समेत व्यक्त गर्नूभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहाकार तोयानाथ लम्साल र सल्लाहाकार केशव नेपाल, देवदह समाज युएईका अबुदाबी सचिव विष्णु पराजुली, संस्थाका दुवई क्षेत्रका उपाध्यक्ष छविलाल पाण्डे, महा–सचिव श्याम बश्याल, बरिष्ठ समाजसेवी हिमाल मल्ल, मोहन जिसी लगायत सहभागि हुनु भएको थियो ।
मृगौला पिडित २३ वर्षिय सिसम ज्ञवालिको हाल लुम्बिनी प्रादेशिक अस्पाल बुटवलमा उपचार भईरहेको छ । थप सहयोगका लागि मो. ९८४७१५०८८३ मा सम्र्पक गर्न सक्नुहुनेछ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij