बैशाख १ गुल्मी। प्युठानमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जीप दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा ज्यान मृत्यु भएको हो। एक जनाको पहिचान नभएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। उनको गाडीमा च्यापिएको अवस्थामा शव फेला परेको छ।
बिहान साढे ११ बजेको समयमा प्युठानको स्वर्गद्वारी नगरपालिका-२ रुमालेमा जीप दुर्घटना भएको थियो। गुल्मीको रेशुङ्गा नगरपालिका-८ लाकुरी मञ्चबाट स्वर्गद्वारी दर्शन गर्न गएका उनीहरु सवार जीप ओभरटेक गर्ने क्रममा सडकबाट डेढ सय मिटर तल खसेको थियो। जीपमा १४ जना सवार रहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचार भइरहेको र गम्भीर घाइतेलाई हेलिकप्टरमा काठमाडौं पठाइएको उनले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij