सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

उपभोक्ताको घरमा शुद्ध र पर्याप्त पिउने पानी पुर्‍याउन देवदह खानेपानी संस्था सक्रिय

उपभोक्ताको घरमा शुद्ध र पर्याप्त पिउने पानी पुर्‍याउन देवदह खानेपानी संस्था सक्रिय

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    उपभोक्ताको घरमा शुद्ध र पर्याप्त पिउने पानी पुर्‍याउन देवदह खानेपानी संस्था सक्रिय
    images
    images
    images

    बैशाख १ देवदह। रुपन्देहीको देवदहमा रहेको देवदह खानेपानी तथा सरसफाई संस्थाले आफ्ना सबै उपभोक्तामा शुद्ध र प्रशस्त पिउने पानीको पहुँच पुर्‍याउन सक्रियता बढाएको छ । संघिय खानेपानी आयोजना अन्तर्गत ३ वटा ओभर हेड ट्यांकी ,३ वटा बोरिङ्ग,३ वटा प्रेसर फिल्टर १ वटा भुइँ ट्यांकी र साढे दुई तल्लाको  खानेपानी कार्यालयको लागी जम्मा २६ करोड बजेटमा हाल ३ वटा ओभर हेड ट्यांकी धमाधम निर्माण भैरहेका छन्। 

    No description available.

    images
    images
    images

    उपभोक्ताको माग दैनिक २० लाख लिटर भए पनि १३ लाख लिटर मात्र वितरण गर्न सकिएको देवदह खानेपानी संस्थाका अध्यक्ष गुमान सिंह कुँवर क्षेत्रिले बताउनुभयो । उपभोक्तालाई पानीको अभाव हुन नदिन ओभर हेड ट्यांकी निर्माण कार्य तिब्र गतिमा भैरहेको क्षेत्रिले बताउनुभयो ।उपभोक्तालाई सफा स्वस्छ र निरन्तर खानेपानीको आपूर्तिको लागि संघिय खानेपानी योजना अन्तर्गत सहलागानी योजनाको काम अघि बढिरहेको बताउंदै दुई बर्ष भित्र सम्पन्न गर्ने योजना रहेको र कोरोनाको कारण ढिला गरि असोज देखि काम सुरु गरेको समय भित्रै  योजना सम्पन्न गरिने लक्ष रहेको अध्यक्ष गुमान सिंह कुँवर क्षेत्रिले जानकारी दिनुभयो।

    No description available.

    देवदह खानेपानी संस्थाका प्राविधिक प्रमुख योगराज न्यौपानेका अनुसार देवदह टटेरामा ४ लाख ५० हजार घन मिटर क्षमताको ओभर हेड ट्यांकी निर्माणको अन्तिम चरणमा पुगेको बताउनु भयो। उक्त ट्यांकी निर्माण सम्पन्न भए पश्चात देवदह ७ र ८ का उपभोक्तालाई पिउने पानीमा सहज हुनेछ। त्यस्तै हाइ वे देखि तल ७ र ८ वडामा १ सय ६० किलो मिटर डबल पाइप लाइन बिछ्याउने कार्य सम्पन्न भएको छ। शितलनगरमा पनि चार लाख ५० हजार क्षमताको ओभर हेड ट्यांकी निर्माणधिन छ। उक्त ट्यांकी निर्माण सम्पन्न भए पश्चात देवदह ७ ,९ र ६ का उपभोक्ता लाभान्वित हुनेछन। त्यस्तै देवदह ५ खैरेनीमा २ लाख २५ हजार क्षमताको ओभर हेड ट्यांकी निर्माणको अन्तिम चरणमा छ। ट्यांकी निर्माण सम्पन्न भए पछि देवदह ५ ६ र ७ का उपभोक्तालाई सहज हुनेछ। 

    देवदह खानेपानी तथा सरसफाई उपभोक्ता संस्था  देवदहको सबै भन्दा बढी उपभोक्ता रहेको खानेपानी संस्था हो।देवदह नगरपालिकाको वडा नम्बर ५,६,७,८ र ९ घोडाहा गरि करिव ४१ सय धारा अन्तर्गत करिब २१ हजार जनसंख्याले प्रयोग गर्दै आएका छन्। हाल गर्मि सिजनमा पानिको अभाव देखिएको र योजना सम्पन्न भए पश्चात खानेपानी समस्याको समाधान हुने बिश्वास गरिएको छ। 

    यो पनि पढ्नुहोस 

    https://gurasonline.com/news/610

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख १ २०७८०७:१२:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij