बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

ढकियालाई देवदहको पहिचान बनाउन पहल गर्छु:वडा अध्यक्ष चापागाईं

ढकियालाई देवदहको पहिचान बनाउन पहल गर्छु:वडा अध्यक्ष चापागाईं

images
  • 126
    SHARES

  • images
    images
    images
    images
    images
    images

    बैशाख ३,देवदह। देवदह नगरपालिका वडा नं ४ मा ढकिया बनाउने तालिम सम्पन भएको छ।थारु श्रीष्टी महिला समूहको आयोजना र देवदह नगरपालिका वडा वडा नं ४ को सहयोगमा १२ दिने ढकिया बनाउने तालिम सम्पन भएको हो। 

    कार्यक्रमको समापन समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथि देवदह नगरपालिका ४ का वडा अध्यक्ष दिपक चापागाईंले थारु जातिको संस्कृती झल्काउने ढकियालाई देवदहको पहिचानको रुपमा चिनाउन आफुले पहल गर्ने बताउनु भयो। आमा समुहले बनाएको ढकियालाई मायाको चिनोको रुपमा प्रयोग गर्न र ढकियालाई सहज रुपमा बजारमा ल्याउन नगरपालिकाको कार्यपालिका बैठकमा आफुले कुरा राख्ने चापागाईंले बताउनुभयो। तालिमले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउनुका साथै आत्मनिर्भर बन्न सहयोग पुग्ने बिश्वास लिएको चापागाईंले बताउनुभयो। 

    images
    images
    images

    वडा नं ४ स्थित महिला जागरण सहयोग समुहको भवनमा चैत्र २२ देखि तालिम संचालन भएको थियो । उक्त तालिममा थारु समुदायका ३० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको ससिकला चौधरी र कुनजरीया चौधरीले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य सान्ता भट्टराई , वडा नं ४ को वडा सदस्य राम बहादुर चौधरी , महिला सदस्य आशा मुसहर लगाएतको उपस्थिति थियो ।थारु श्रीष्टी महिला समूहको अध्यक्ष निर्मला देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रम लक्ष्मी कुमारी चौधरीको संचालनमा भएको थियो ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख २ २०७८०७:२३:५२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij