देवदह ४,बैशाख।देवदह नगरपालिकाको वडा नम्बर ७ मा एक हप्ते महिला उद्घोषण तालिम एक कार्यक्रमका बीच समापन भएको छ। देवदह नगरपालिका वडा नम्बर ७ को आयोजनामा महिलाहरुको लागि १ हप्ते उद्घोषण तालिम आज सकिएको हो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवदह नगरपालिकाका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङले तालिमका क्रममा सिकेका ज्ञानहरुलाई आत्मसात गर्दै अगाडी बढ्न आग्रह गर्नु भएको थियो। उद्घोषण तालिमले महिलाहरुको नेतृत्व विकासमा सहयोग पुगेको उहाको भनाई थियो।कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत डिल्लीराज वेलवासेले उद्घोषण तालिम फलदायी भएको बताउनुभयो।
तालिममा देवदह ७ अन्तर्गत ३० जना महिलाहरुको सहभागीता रहको र लक्ष्मण न्यौपानेले प्रशिक्षण दिनुभएको थियो। ।कार्यक्रममा देवदह ७ का वडा सचिव मित्र बहादुर थापा ,महिला सदस्य सरस्वती पोखरेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष पदम थापाको अध्यक्षता तथा सिता देवी विकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij