देवदह ५ ,बैशाख।सुरज भट्टराई ,देवदह। लियो क्लब अफ लर्ड बुद्ध वर्ष २०२१/२२ को अध्यक्षमा लियो शंकर पंगेनी निर्विरोध चयन भएका छन् । क्लबले आज बसेको बार्षिक बैठक तथा पाचौं अधिवेशन बाट नयाँ कार्यसमिति चयन गरेको हो। क्लबको प्रथम उपाध्यक्षमा लियो प्रदिप पाण्डे, दोश्रो उपाध्यक्षमा लियो मनु गुरुङ ,तेस्रो उपाध्यक्षमा लियो विवेक कार्की, चौथो उपाध्यक्षमा लियो अनुष्का घिमिरे, सचिवमा लियो अभिषेक पौडेल, सह सचिबमा लियो निशा गैडेल , कोषाध्यक्षमा लियो पुजा सापकोटा र सह- कोषाध्यक्षमा किसन पौडेल चयन भएका छ्न् । त्यस्तै क्लबको प्रोग्राम चिफमा सागर भट्टराई , मेम्बरसिप डाईरेक्टरमा सुदिप भारती, स्पोर्ट डाईरेक्टरमा आशिष पोख्रेल र डाइरेक्टरहरु सुमन पराजुली , बन्दना ढकाल, सन्दिप अधिकारी,अनिस पोख्रेल, केशब न्यौपाने , अशोक गैरे , रोजिना थापा , टेल टुईस्टरमा पवन खरेल , टेमरमा अस्मिता पाण्डे, पि.आर.ओमा राहुल सापकोटा र सदस्यहरुमा क्रमश विपना न्यैपाने, गिता पौडेल , रोशनी केसी, अस्मिता केसी, अस्मिता पाण्डे ,मनिसा पाण्डे, राहुल भट्टराई ,बबिता भट्टराई, लक्ष्मी पौडेल, समीक्षा खरेल, मोनिका शर्मा, निश्मा भट्टराई , पवित्रा गोतामे , पर्मिला सुनार ,सफल पाण्डे, विपिन खरेल , जमुना भुषाल , सुस्मिता कार्की, श्रुति न्यौपाने, सीता कुवर पौडेल , सरु अधिकारी, मनिसा क्षेत्री, उप्रान्त भट्ट, हरसित खाती, दिपेश पाण्डे चयन भएका हुन् ।

क्लबको अध्यक्ष सल्लाहकार लियो सरोज शर्मा र लियो मेघनाथ पोख्रेल मनोनित भएका छन भने क्लबको कानुनी सल्लाहकार सागर चापागाईं मनोनीत गरिएको जानकारी निर्वाचन आयुक्त लियो गोपाल पाण्डेले जनाउनु भयो।
नव निर्वाचित समितिलाई २०२०/२१ का अध्यक्ष लियो सन्दिप तिवारीले सफल कार्यकालको शुभकामना दिदै कार्यक्रम समापन गरेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij