बैशाख ६,नवलपरासी ।नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ पर्सियामा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन।दलित बस्ती रहेको उक्त स्थानमा आगलागी हुँदा पर्सियाका इश्वर हरिजन,रामनिवास हरिजन,रामकृत हरिजन ,सोमै हरिजन र रोगी हरिजनको घर जलेर नष्ट भएको हो।घरवास जलेपछी अन्नपात ,लत्ताकपडा ,सवै नष्ट हुँदा पाँच परिवारका ४४ जनाको विचल्ली भएको छ ।के कारणले आगलागी भएको भन्ने बिषय खुल्न सकेको छैन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij