बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

ढकियालाई देवदहको पहिचान बनाउन पहल गर्छु:वडाअध्यक्ष चापागाईं

ढकियालाई देवदहको पहिचान बनाउन पहल गर्छु:वडाअध्यक्ष चापागाईं

images
  • 349
    SHARES

  • images
    images
    images
    ढकियालाई देवदहको पहिचान बनाउन पहल गर्छु:वडाअध्यक्ष चापागाईं
    images
    images
    images

    सुरज भट्टराई ,बैशाख ३,देवदह ।रुपन्देही देवदहमा ढकिया बनाउने तालिम सम्पन्न भएको छ । थारु श्रीष्टी महिला समूहको आयोजना र देवदह नगरपालिका वडा वडा नं ४ को सहयोगमा १२ दिने ढकिया बनाउने तालिम शुक्रबार सम्पन्न भएको हो । देवदह नगरपालिका वडा नं ४ स्थित महिला जागरण सहयोग समुहको भवनमा चैत्र २२ देखि तालिम संचालन भएको थियो । उक्त तालिममा थारु समुदायका ३० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको ससिकला चौधरी र कुनजरीया चौधरीले सहजीकरण गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिका वडा नं ४ को वडा अध्यक्ष दिपक चापागाईंले यश कार्यक्रमले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउनुका साथै आत्मनिर्भर बन्ने सकिने बताउनुभएको थियो । ढकिया बनाउने तालिमले थारु जातिको संस्कृती झल्काउने र समाज विकासमा सहयोग पुर्याउने कुरा पनि बताउनु भएको थियो।त्यस्तै ढकियालाई  देवदहको पहिचानको रुपमा चिनाउन नगर कार्यपालिकाको बैठकमा कुरा राख्ने समेत उहाँले बताउनुभयो। उक्त कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य सान्ता भट्टराई , वडा नं ४ को वडा सदस्य राम बहादुर चौधरी , महिला सदस्य आशा मुसहर लगाएतको उपस्थिति थियो ।थारु श्रीष्टी महिला समूहको अध्यक्ष निर्मला देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रम लक्ष्मी कुमारी चौधरीको संचालनमा भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख ६ २०७८०८:४२:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij