बैशाख ७,देवदह ।नेपाल निजामती कर्मचारी संगठन देवदह नगर इकाई समितिमा बिष्णु बस्याल निर्विरोध निर्वाचित भएका छन।बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो।जसको उपाध्यक्षमा रमेश गिरि,सचिबमा गङ्गा पन्थी,सह-सचिबमा पिता कुमारि अर्याल र कोषाध्यक्षमा देवीराम भण्डारी निर्विरोध रुपमा चयन भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभएको छ। त्यसैगरि सदस्यहरुमा सुमन थापा,युवराज दिशा मगर,सृजना ओलि,ललित कुमार थापा मगर ,निरज पौडेल ,राममणि अर्याल,सुरेश पौडेल र गिता सर्मा चयन भएका छन् ।निर्वाचित पधादिकारीहरुलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य नारायण प्रसाद भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख बिद्या लक्ष्मी गुरुङले यो संगठनले कर्मचारीको हक र हितका लागि काम गरेको बताउनुभएको छ।कर्मचारीको क्षमता विकासका लागि नगरले सधै अग्रपंक्तिमा रहेर काम गर्ने बताइन् ।आफू कर्मचारीको हितमा रहेको बताउदै कर्मचारी जति खुशी बनाइयो त्यति काम लिन सकिने उपप्रमुख गुरुङले बताइन् । स्थानीय सरकारले सधै कर्मचारीको हितको लागि काम गर्नुपर्ने उप प्रमुख गुरुङले बताइन् ।संगठन भित्र राजनीति नगरेर कर्मचारीहरुको हक र हितको लागि सदैव काम गर्न नंया नेतृत्वलाई गुरुङले अनुरोध गरिन।सदस्यहरुको वृद्धि र बिकास तथा संगठनको हितका लागि संगठनले काम गर्ने केन्द्रिय सदस्य नारायण प्रसाद भण्डारीले बताए ।सम्पुर्ण निजामती कर्मचारी एकजुट हुन भण्डारीले आग्रह समेत गरे ।कार्यक्रममा नेकपा एमाले देवदहका नगर अध्यक्ष प्रकाश अर्याल,देवदह नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासे लगायतले मन्तव्य राखेका थिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij