बैशाख ७ बुटवल ।बुटवल उपमहानगरपालिका र सिद्दार्थ नगरपालिका भैरहवाका विद्यालय बैशाख मसान्त सम्म बन्द हुने भएको छ।आज बसेको डिसीसीएमसीको निर्णयले बुटवल र भैरहवाका शिक्षण संस्था बन्द गर्ने देखि लिएर अन्य महत्त्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले शहरी क्षेत्र र कोरोना संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय गरे सङ्गै शहरी क्षेत्रमा पर्ने देशभरका ४० वटा स्थानिय तहमा मात्र विद्यालय बन्द हुने छ। जस अनुसार रुपन्देहीका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिका र भैहरवा नगरपालिका परेको हो। बन्द गर्ने भनिएका बिद्यालयहरुमा भर्चुअल कक्षा संचालन गर्न समितिले आग्रह गरेको छ।
त्यस्तै जिल्ला स्तरीय बिपद ब्यवस्थापन डिसीसीएमसीको बैठकले रुपन्देही जिल्लामा संचालन हुने हातबजार बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ।त्यस्तै बेलहिया नाकामा निगरानी बढाएर नेपाल प्रबेश गर्ने नागरिकहरुकोस्वस्थ्य जांच गरि संबंधित पालिकाहरुमा लैजाने ब्यवस्था मिलाउने निर्णय गरेको छ।यी लगायत कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न १३ वटा निर्णय गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij