बैशाख ८,देवदह।रुपन्देहीको देवदहमा निर्माण भैरहेको बहुउद्देश्यीय र बहु प्रतिष्ठित भवन कोसेली घरको निर्माण कार्य ९५ प्रतिशत भन्दा बढी सकिएको छ।आर्थिक बर्ष २०७४/०७५ सालमा प्रदेश सरकार र स्थानीय तहको ४ करोड ७४ लाख अनुमानित बजेटमा निर्माण कार्य सुरुवात भएको भवन २०७७ साल असार मसान्तसम्म सक्ने गरि ठेक्का सम्झौता भए पनि कोभिडको कारण लक डाउन हुँदा निर्माण कार्य रोकिएको र झन्डै ९ महिना ढिला गरि काम सम्पन्न हुन लागेको हो। देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीका अनुसार देवदहलाई पर्यटकीय क्षेत्रको हबको रुपमा विकास गर्न कोसेली भवनले महत्त्वपूर्ण भूमिका रहेने बिश्वास व्यक्त गर्नुभयो।भवनमा आर्गनिक दुग्ध र कृषि सङ्ग संबंधित सटर रहने बताउनुभयो।त्यस्तै २५ लाख रुपैयाँ लागतमा डिजिटल लाइब्रेरी समेत रहने नगरप्रमुख खत्रीले बताउनुभयो।त्यस्तै बाकी रहेका सटर तथा फ्ल्याट ब्यापारिक प्रयोजनका लागि भाडामा लगाइने खत्रीले बताउनुभयो । देवदह ७ का वडा अध्यक्ष पदम बहादुर थापाले भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको बताउदै यहि आर्थिक बर्ष भित्र सप्पन्न हुने गरि काम भैरहेको दावी गर्नुभयो।पहिलो र दोस्रो तलामा गरेर १६ वटा सटर १० कोठा र ३ फ्लाइट मध्य दुई वटा फ्लाइटमा लुम्बिनी बौद्द विश्व बिद्यालयको डिनको कार्यालय दुई बर्ष सम्म रहने वडा अध्यक्ष थापाले बताउनु भयो।बाकी रहेका सटर तथा कोठाहरु ब्यापारिक प्रयोजनका लागि दिइने र एक ओटा फ्लाइटमा आधुनिक प्रबिधिको थेरापी मेसिन राखिने वडा अध्यक्ष थापाले बताउनुभयो
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij