पाल्पा ९,बैशाख ।पाल्पा जिल्लाको माथागढीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबास स्थित गोठादी सुनवल कच्ची सडक खण्डमा सुनवल बाट माथागढी गाउँपालिका ५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिप्पर दुर्घटना भएको हो। दुर्घटनामा परी टिप्पर चालक सल्यान जिल्लाका ३७ बर्षिय भोला राम बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।उनका अनुसार चालक बोहोराको घटनास्थलमै मृत्यु भएको हो।टिप्पर सडक देखि अन्दाजी १ सय मिटर तल खसेको छ ।टिप्पर खाली भए पनि के कति कारणले दुर्घटना भएको हो भन्ने खुल्न सकेको छैन ।घटनाको बिषयमा विस्तृत अध्ययन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij