बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा बुटिक बनाउने तालिम सम्पन्न,सिकेको सिपलाई व्यावहारमा उतार्न आग्रह

देवदहमा बुटिक बनाउने तालिम सम्पन्न,सिकेको सिपलाई व्यावहारमा उतार्न आग्रह

images
  • 341
    SHARES

  • images
    images
    images
    देवदहमा बुटिक बनाउने तालिम सम्पन्न,सिकेको सिपलाई व्यावहारमा उतार्न आग्रह
    images
    images
    images

    देवदह ९,बैशाख ।रुपन्देहीको देवदहमा बुटिक बनाउने तालिम सम्पन्न भएको छ।२०७७ चैत्र १२ गते देखि सुरु भएको तालिम बैशाख ६ गते एक कार्यक्रमका बिच सम्पन्न भएको हो। देवदह नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग र हरियाली दलित महिला समूह देवदहको आयोजनामा संचालित तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो। समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिका ९ का कार्यवाहक अध्यक्ष देवि अधिकारीले तालिममा सिकेका कुरालाई मनन गरि उत्पादन मुलक कार्यमा लाग्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो।विगतमा पनि वडाले विभिन्न सीप मुलक र उत्पादनमुखी तालिमहरुको आयोजना गरेको बताउदै आफ्ना वडाका नागरिक हरुको लागि विभिन्न तालिमहरु दिएर आत्मनिर्भर गराउन लागिपरेको बताउनुभयो । कार्यक्रममा नगर कार्यपालिका सदस्य लक्ष्मी बिश्वकर्मा,वडा नम्बर ९ का वडा सचीव सुन्दरी आले,महेन्द्र क्षेत्री,हेमलाल न्यौपाने लगायतको सहभागिता रहेको थियो। कार्यक्रम हरियाली दलित महिला समूहका अध्यक्ष राधा बुढाथोकीको अध्यक्षता, लक्ष्मी परिवारको स्वागत र महेन्द्र खड्काथोकीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख ९ २०७८०७:४७:३०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij