बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जिमखाना तथा व्यायामशाला निर्वाध रुपमा संचालन गर्न दिन शारीरिक सुगठन तथा फिटनेस संघको आग्रह ।

जिमखाना तथा व्यायामशाला निर्वाध रुपमा संचालन गर्न दिन शारीरिक सुगठन तथा फिटनेस संघको आग्रह ।

images
  • 298
    SHARES

  • images
    images
    images
    जिमखाना तथा व्यायामशाला निर्वाध रुपमा संचालन गर्न दिन शारीरिक सुगठन तथा फिटनेस संघको आग्रह ।
    images
    images
    images

    बैशाख ९,बुटवल ।रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले शारीरिक सुगठन तथा व्यायाम गर्ने जिमखाना तथा क्लबहरु निर्वाध रुपमा संचालन गर्न पाउनुपर्ने माग राख्दै प्रेस बिज्ञप्ति जारी गरेको छ।रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ द्वारा हस्ताक्षरित विज्ञप्तिमा कोभिडको महामारीमा शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नको लागि व्यायाम आवश्यक पर्ने भन्दै स्वस्थ्य मापदण्डको पालना गरेर भए पनि संचालन गर्न दिनुपर्ने माग राखेको हो।                                                                                        यस्तो छ प्रेस विज्ञप्तिको पुर्णपाठ।।                                      नेपाली समाज शारीरिक स्वास्थ्य प्रति क्रमशः सजग हुदै गरेको देखिन्छ । स्वास्थ्यप्रति सचेत भएका र छरितो आकर्षक शरीर बनाउन चाहने महिल तथा पुरुषहरु जिम धाउन थाल्नेहरुको संख्या बढेसंगै शहरहरुमा हेल्थ क्लब, जिम खुल्ने क्रम पनि बढेको छ । देश भरि खुलेका व्यायामशालाको लगानीलाइ मात्रै हेर्ने हो भने झण्डै अर्बाैको लगानी यस क्षेत्रमा भएको देखिन्छ । यी जिम क्लबहरुले देश विदेशमा हुने शारीरिक सुगठन खेलका खेलाडीहरु उत्पादन गरिरहेका छन् । इतिहास साक्षी आजका मितिसम्म सयौं पटक यस खेलबाट भित्र्याइएका अन्तर्राष्ट्रिय पदकहरु यिनै निजी क्षेत्रबाट लगानी गरेर खोलिएका जिम हेल्थ क्लबको लगानीको प्रतिफल हो भन्दा अतियुक्ति नहोला । प्रतियोगिताहरुको घोषणासँगै खेलाडीहरु व्यायामशालामा तपस्या सरह कठिन परिश्रम थाल्छन् भने यी हेल्थ क्लबहरुले आफ्ना खेलाडी अनेकौं सुविधाहरु दिएर उनिहरुको मनोबल उच्च वनाउने गरेका छन् । आज बिश्व कोभिडको महामारीले आक्रान्त छ । नेपालमा समेत यसको प्रभाव बढेसँगै नेपाल सरकारले निर्देशन जारी गर्दै रंगशाला, सिनेमा हलसगै व्यायामशाला समेत बन्द गर्ने निर्देशन दिएको छ । के विशुद्ध नाफा आर्जन गर्ने उद्देश्यले खोलिएका रात्रिकालिन क्लब डान्सबारहरुसंग समाज र देशलाई स्वास्थ्यको गोरेटोमा अगाडि बढाइरहेका हेल्थ क्लबहरुसंग तुलना गर्न मिल्छ ? हाम्रो विचारमा रोग प्रतिरोधात्मक शक्ति शारीरिक व्यायामबाट झन बढ्ने गर्दछ । भारतको जयपुर उच्च अदालतले समेतले कोभिडको महामारीमा रोग प्रतिरोधात्मक क्षमता जिम तथा हेल्थ क्लबबाट बढ्ने हुदां जिम तथा हेल्थ क्लब निर्वाध रुपमा संचालन गर्ने दिनु भन्ने परमादेश जारी समेत गरेको अबस्था छ । स्वास्थ्य सम्वन्धि मापदण्ड लागू गरेर भए पनि यी राष्ट्रका गहना मानिने खेलाडी उत्पादन गर्ने जिम क्लबहरु (व्यायाम मन्दिर ) निर्वाध रुपमा संचालन गराउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस ।                                                        सितु प्रसाद श्रेष्ठ अध्यक्ष ,रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख ९ २०७८०८:३८:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij