बैशाख १० देवदह।रुपन्देहीको देवदहमा कुक तालिम सुरु भएको छ।व्यावसायिक तथा सीप विकास तालिम प्रतिस्ठान बुटवलको आर्थिक सहयोग,एशियन स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट प्राली बुटवलको प्राविधिक सहयोग र देवदह नगरपालिका वडा नम्बर ४ को सहकार्यमा ३९० घण्टे निशुल्क कुक तालीम सुरु भएको हो। कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष दिपक चापागाईंले तालिममा सिकेका कुराहरूलाई मनन गरि दक्ष भएर निस्कन प्रशिक्षार्थीलाई आग्रह गर्नुभएको थियो।विगतमा पनि विभिन्न खाले सीप मुलक तथा रोजगार मुलक तालिम आयोजना गरेको बताउदै चापागाईंले सीप सिकेर केही गर्छु भन्ने उदेश्यका साथ तालिममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो। बिशिस्ट अतिथि सीप विकास तालिम प्रतिस्ठान केन्द्र बुटवलका नासु कृष्ण प्रसाद देवकोटाले सहभागी प्रशिक्षार्थीहरुलाई प्रतिस्पर्धा गर्न सक्ने गरि कुक सिकाइने बताउनुभयो।त्यस्तै एशियन स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट बुटवलका प्रबन्ध निर्देशक जिएस गुरुङले कोभिडको जोखिम रहेको कारण स्वास्थ्य मापदण्डको पालना गरि निश्चित अवधीभर इमान्दारीताका साथ तालीममा सहभागी हुन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो। ४० जना प्रशिक्षार्थी सहभागी हुने तालिममा २० जना बिहानी सिफ्ट ६ देखि १२ बजे सम्म ६ घण्टा र २० जनाले १२ बजेदेखि साझ ६ बजे सम्म तालिम लिनेछन।प्रशिक्षक टिना राना र कृष्ण शर्माले कुक सम्बन्धि तालिम दिनेछ्न। उद्घाटन कार्यक्रम जिएस गुरुङको अध्यक्षता,कुक तालिमका परियोजना संयोजक रामकेश यादवको स्वागत शान्ता भट्टराई र सावित्री खाती लगायतको सहभागीता र वडा सचीव बिष्णु विवश पोखरेलको संचालनमा सम्पन्न भएको थोयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij