बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

समाज र देश बदल्न कन्टेन्ट भएको नेता चाहिन्छ:काङ्ग्रेस नेता पौडेल

समाज र देश बदल्न कन्टेन्ट भएको नेता चाहिन्छ:काङ्ग्रेस नेता पौडेल

images
  • 367
    SHARES

  • images
    images
    images
    समाज र देश बदल्न कन्टेन्ट भएको नेता चाहिन्छ:काङ्ग्रेस नेता पौडेल
    images
    images
    images

    देश विकास गर्न भिजन भएको नेता चाहिन्छ:काङ्ग्रेस युवा नेता पौडेल देवदह ११ बैशाख ।नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले देश र समाजलाई परिवर्तन गर्नका लागि कन्टेन्ट भएको लिडरको आवश्यकता रहेको बताउनुभएको छ। रुपन्देहीको देवदहमा भैरहेको नेपाल जेसिज एरिया डि अन्तर्गतको प्रेसिडेन्ट मिटको कार्यक्रममा बोल्दै प्रमुख अतिथीको रुपमा पाल्नुभएका नेता पौडेलले उक्त कुरा बताउनु भएको हो।समाजको सकारात्मक परिवर्तन गर्न हतियारले सम्भव नरहेक र त्यसका लागि युवाहरुले सकारात्मक भूमिका खेल्नुपर्ने उहाँको भनाई रहेको थियो।राजनीति क्रान्तिले विभेदको अन्त्य गरेको बताउदै नेता पौडेलले राजनीतिमा भएका गलत विचारको अन्त्य गर्न युवाहरू गलत राजनीतिक सस्कारका विरुद्ध लड्न जरुरी रहेको बताउनु भयो। कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख विशिस्ट अतिथी हिरा बहादुर खत्रीले नेपाल जेसिजको देवदह शाखाले स्थापना भएको छोटो समयमै छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो।विकृति र विसङ्गतीका विरुद्ध लड्दै राजनीतिलाई सकारात्मक दिशा तर्फ लैजान युवाहरू सक्रिय भएर लाग्नुपर्ने उहाको भनाई थियो। यस अघि नेपाल जेसिजका ५१ शाखा का शाखा अध्यक्षहरुले देवदहका ऐतिहासिक स्थलहरु पाकडी बृक्ष,भवानीपुर लगायतको अवलोकन गरेका थिए।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, बैशाख ११ २०७८०८:११:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij