बैशाख १२ बुटवल।रुपन्देहीको तिलोत्तमामा टिप्परले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले तिलोत्तमा १५ कोटिहवामा बुटवल तर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो,लु १ ख ५७८५ नम्बरको बस र लु १ ख ९६८६ नम्बरको बसलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा १५ की बर्ष १० कि सरस्वती हरिजन र बर्ष ८ की गङ्गा हरिजनको ज्यान गएको प्रदेश प्रदेश ट्राफिक कार्यालय बुटवलले जानकारी दिएको छ।त्यस्तै सोही बसमा सवार अन्य चार जना र टिप्पर चालक समेत घाइते भएको प्रहरीले बताएको छ।घाइतेहरुको मेडिकल कलेजमा उपचार भैरहेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij