बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोरोना रोकथामका लागि देवदहमा 'तपाईंको माक्स खोइ 'अभियान

कोरोना रोकथामका लागि देवदहमा 'तपाईंको माक्स खोइ 'अभियान

images
  • 321
    SHARES

  • images
    images
    images
    कोरोना रोकथामका लागि देवदहमा 'तपाईंको माक्स खोइ 'अभियान
    images
    images
    images

    बैशाख १४ देवदह । नेपालमा अहिले कोरोना संक्रमितको संख्या तिब्र रुपमा फैलिरहेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि पछिल्लो समय बृदी भए पछि काठमाण्डौ उपत्यका ३ जिल्लामा १६ गते देखि लक डाउन गर्ने तयारी गरिरहेको छ। 

    रुपन्देहीमा पनि कोरोना संक्रमणको संख्या दिन दुई गुणा रात चौगुणा बृदी भैरेह्को छ। जिल्ला विपद व्यवस्थापन समिति रुपन्देहीले कोरोना रोकथाम तथा सचेतनाका लागि जिल्लाभर तपाइको मास्क खै ,अभियान चलाउन निर्देशन दिएको छ। केहि दिन देखि देवदहमा पनि देवदह प्रहरी चौकीले यो अभियान चलेको छ। कोभिड रोकथामका लागि सचेतनाका लागि प्रहरी संगै पत्रकारको पनि उत्तिकै महत्वपुर्ण भूमिका हुने भएकाले प्रहरी र पत्रकार मिलेर 'तपाईंको माक्स खोइ 'अभियान गरिएको पत्राकार निर्मल एसपी मगरले बताउनुभयो। 

    images
    images
    images

    यस अघि भलुही शंकरपुरमा अभियान संचालन गरिएको र आज देवदहको खैरेनी ,शितलनगर घोडाहामा 'तपाईंको माक्स खोइ 'अभियान सम्पन्न गरिएको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रिले जानकारी दिनुभयो। 

    अभियानमा सेतोमासी अनलाइनका सम्पादक बिष्णु पोखरेल ,पत्रकारहरु भरत बहादुर नेपाली ,सुरज भट्टराई ,रेशम अधिकारी ,राहुल सापकोटा र प्रहरीको सहभागिता रहेको थियो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, बैशाख १४ २०७८०९:४६:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij