बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देहीमा वैशाख ३० गतेसम्म निषेधाज्ञा,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

रुपन्देहीमा वैशाख ३० गतेसम्म निषेधाज्ञा,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

images
  • 790
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा वैशाख ३० गतेसम्म निषेधाज्ञा,अत्यावश्यक बाहेकका सबै सेवा बन्द
    images
    images
    images

    बैशाख १५ बुटवल। कोरोनाको संक्रमण व्यापक फैलिए पछि संक्रमण नियन्त्रण गर्न रुपन्देहीमा बैशाख १६ गते बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

    images
    images
    images

    निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । यस्तै औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी आदेशमा निषेधाज्ञा अवधिभर जिल्लाभित्र सबै प्रकारका निजी तथा सर्वाजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको उल्लेख छ ।यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकामा भारतलगायत तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पूर्णरुपमा रोक लगाइने जनाइएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख १५ २०७८०७:४८:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij