बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा ४५ दिने एड्भान्स सिलाईकटाई तालिम सुरु

देवदहमा ४५ दिने एड्भान्स सिलाईकटाई तालिम सुरु

images
  • 567
    SHARES

  • images
    images
    images
    देवदहमा ४५ दिने एड्भान्स सिलाईकटाई तालिम सुरु
    images
    images
    images

    बैशाख १५, देवदह । रुपन्देहिको देवदहमा ४५ दिने एड्भान्स सिलाईकटाई तालिम सुरु भएको छ। देवदह सामुदायिक विकास तथा सिकाई केन्द्र, देवदह ७ को आयोजना तथा देवदह नगरपालिका वडा नं ८ को आर्थिक सहयोगमा सिलाई कटाई एड्भान्स तालिम सुरु भएको हो ।

    कार्यक्रमको प्रमुख अतिथी देवदह नगरपालिका वडा नं ८ को वडा अध्यक्ष डण्डापानी भट्टराईले उक्त तालिमको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि भट्टराईले मैनवती बालेर तालिमको उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै भट्टराईलेे कुनै पनि तालिम लिई सकेपछि त्यो प्रमाणपत्रमा मात्रै सीमीत नगरी एउटा सक्षम महिलाको रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने कुरा जोड दिनुभएको थियो।

    images
    images
    images

    No description available.

    महिलालाई अहिलेको प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको र सोहि कुरालाई मध्यनजर गर्दै आयमूलक सीप विकासका लागि तालिमहरु नगर पालिकाले व्यवस्था गरेको बताउनुभयो । उहाले महिलालाई सिलाईकटाई तालिम नगरपालिकाले आयोजना गरि आयआर्जनतिर महिलालाई आक्रशण गर्ने र व्यवसायी बन्न सके आर्थिक रुपमा आत्मनिर्भर हुने बताउनु भयो । कार्यक्रममा वडा सदस्य पुष्पा थारु , वडा सचिब राम प्रसाद शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    तालिममा चन्दा गुरुङ र अयोग खानले प्रशिक्षण दिनुहुने छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रका अध्यक्ष गोमु वि.कले यो तालिम बेसिक कोर्ष लिगिसकेका २० प्रशिक्षार्थीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर संचालन गरिने बताउनुभएको थियो । कार्यक्रम अस्मिता थापाको स्वागत र गंगाराम गैरेको संचालनमा भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, बैशाख १५ २०७८०८:०१:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij