सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पछिल्लो २४ घन्टामा देवदहमा २५ संक्रमित थपिए:बुटवलकै भरमा देवदह

पछिल्लो २४ घन्टामा देवदहमा २५ संक्रमित थपिए:बुटवलकै भरमा देवदह

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पछिल्लो २४ घन्टामा देवदहमा २५ संक्रमित थपिए:बुटवलकै भरमा देवदह
    images
    images
    images


    बैशाख १६,देवदह।नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। रुपन्देही पनि उच्च जोखिममा रहेको कारण बैशाख १६ गते देखि संक्रमण रोकथामका लागि लक डाउन गरिएको छ। रुपन्देहीको देवदहमा पनि पछिल्लो समय कोरोनाको जोखिम बढेको छ। 

    देवदहमा गत २४ घन्टामा ११ पुरुष र १४ महिला सहित २५ जनामा कोरोना संक्रमण देखिएको छ। हाल सम्म देवदह नगरपालिकामा ४७२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। जस मध्य देवदहमा मात्रै ६० जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाको कारण हाल सम्म १७ जनाले ज्यान गुमाइसकेका छन्। 

    images
    images
    images

    समुदाय स्तर सम्म कोरोना संक्रमण फैलिसकेका कारण सक्रिय संक्रमितलाई होम आइसोलेशनमा बस्न भनिएको र संक्रमण रोकथामका लागि व्यापक तयारी गरिरहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।  बाहिर देखि आउने नागरिकलाई पिसिआर परिक्षण गरेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको स्वास्थ्य शाखाले जानेको छ। 

    देवदहमा कोभिड बिशेष हस्पिटल नभएको कारण कोरोना संक्रमितले अस्वस्थ महसुस गरेको खण्डमा बुटवल पुर्याउनु बाहेक अर्को विकल्प छैन। केहि दिन अघि मात्र देवदह नगरपालिकाका एक वडा अध्यक्षले हस्पिटलमा बेड नपाएकै कारण श्रीमती गुमाउनु परेको छ। आज मात्रै देवदह ५ का दुई जनालाई श्वास फेर्न समस्या भएका कारण बुटवल उपचारका लागि लगिएको छ। 

    देवदह नगरपालिकाले कोरोनको लक्षण देखिएका सर्वासाधरंलाई पिसिआर को नमुना संकलन गरेर संक्रम रोकथामका लागि लाग्नुपर्ने र नगरपालिकाले कार्यालय संचालनको खर्च बाहेक अन्य शिर्षकको खर्च कटौती गरेर प्रत्येक वडामा अक्सिजन सहितको उपचारको ब्यबस्थापन गर्नुपर्ने सर्वसाधारणको सुझाब रहेको छ। नगर वासीको सुरक्षाको लागि नगरपलिका र जनप्रतिनिधि मुकदर्शक भएर बस्न नहुने समेत सर्वसाधारण को सुझाब छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, बैशाख १६ २०७८०८:४१:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij