बैशाख १६,देवदह।रुपन्देहीको देवदह गणेश नगरमा बस दुर्घटना भएको छ।काठमाण्डौ बाट सुर्खेतको लागि जाँदै गरेको न ७ ख ६०४९ नम्बरको बस पुर्व पश्चिम राजमार्गको दुर्घटनामा गणेश नगरमा पल्टिएको हो।
दुर्घटनामा परि १५ जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको उद्दार गरि हस्पिटल लगिएको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रिले जानकारी दिनुभयो। वडा प्रहरी कार्यालय रामनगर र देवदह प्रहरी चौकीका प्रहरीले उद्दार गरि घाइतेहरुलाई हस्पिटल लगिएको हो।
बस के कारणले दुर्घटना भएको र घाइतेहरुको बिस्तृत बिवरण आइसकेको छैन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij