बैशाख १८। रुपन्देही जिल्लामा पछिल्लो २४ घन्टामा ४ सय ३२ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।
६ सय ९० जनाको आर टि पिसिआर परिक्षण गर्दा ४ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो। यो संगै रुपन्देही जिल्लामा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८२ पुगेको छ। रुपन्देहीमा हाल सम्म कोरोना संक्रमका कारण ज्यान गुमाउनेको संख्या २ सय पुगेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना संक्रमण डर तिब्र रुपमा बृद्दी भए पछि संक्रमण रोकथामका लागि बैशाख १६ गते देखि ३० गते सम्म निशेधाज्ञा जारि गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij